बुटवल – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान क्षेत्र नम्बर १ बाट निर्वाचित सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकार एमालेले नमान्ने बताउनु भएको हो ।
आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै नेता थापाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताउनु भएको हो । उहाँले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली कांग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताउनु भयो ।
उहाँले यदि प्रचण्डलाई प्रधानमन्त्री मान्ने एमालेसँग प्रस्ताव आएका त्यसमा आफूले नोट अफ डिसेन्ट लेख्ने घोषणा गर्नुभयो । उहाँले विगतमा वामपन्थी एकताको नाममा प्रचण्डले पार्टी कब्जा गर्न खोजेकोले अहिले उहाँसँग कुनै पनि तालमेल तथा एकता सम्भावना नरहेको जिकिर गर्नुभयो ।
नेता थापाले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताउनु भयो । साना दलहरूको च्याँखे थाप्ने मात्र काम गरेकोले देशको विकासको लागि नेपाली काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने उहाँको भनाई थियो ।






प्रतिक्रिया