अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसको ठक्करले विद्यार्थीको मृत्युपछि कञ्चनपुर तनावग्रस्त

बसको ठक्करले विद्यार्थीको मृत्युपछि कञ्चनपुर तनावग्रस्त


कञ्चनपुर – बस ठक्करले विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ। 

घटनापछि आक्रोशित विद्यार्थी र स्थानीयले पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द गराएका छन्। उनीहरुले सडकमा टायरा बालेर बिहानैदेखि गाडी चल्न दिएका छैनन्।

आज बिहान साइकल चढेर महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज गइरहेका बेदकोट नगरपालिका-६ का कविराज बैजको सुडामा ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको थियो। 

घटनापनि आक्रोशित विद्यार्थी र स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक उमेश चन्दले बताउनु भयो ।