काठमाडौं – दलित समुदायविरुद्ध फेसबुकमा एकपछि अर्को स्टाटस लेखिरहेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङविरुद्ध दलित अधिकारर्मीहरूले मुद्दा हाल्ने चेतावनी दिएका छन्।
सुरुमा चमार जातिको अपमान हुने उखान प्रयोग गरेर स्टाटस लेख्नुभएका साम्पाङलाई राष्ट्रिय दलित आयोगले जात विशेषको अपमान हुने अभिव्यक्ति सच्याउन अनुरोध गर्दा उहाँ दलितप्रति झन्झन् आक्रामक हुँदै स्टाटस लेखिरहनुभएको छ ।
उहाँका स्टाटस दलित समुदायलाई जातीय रूपमा हेप्ने किसिमका भएको भन्दै दलित अधिकारकर्मीहरूले उनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन्।


अधिकारकर्मी धनकुमारी सुनारले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘राजनीतिक र सामजिक रूपमा दरिद्र मानसिकता भएकाहरूसँग कानूनी उपायबाट उपचार खोज्नुपर्छ। मुद्दामा जानुपर्छ अब।’

यसैगरी दलित अभियन्ता सुशील विश्वकर्माले पनि स्थानीय दलितलाई उनीविरुद्ध प्रहरीमा जाहेरी दिन अनुरोध गर्नुभएको छ । उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘धरान उपमहानगरनगरपालिकामा धर्ना र प्रहरीमा जाहेरी दिने काम स्थानीय साथीहरूले गरौँ । अनि देशव्यापी दबाब सिर्जना गरौँ। धरानका मेयरलाई बहिष्कार गरौँ।’






प्रतिक्रिया