अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५० हजार रुपैयाँका लागि ९० वर्षका वृद्धाको हत्या गर्ने पक्राउ

५० हजार रुपैयाँका लागि ९० वर्षका वृद्धाको हत्या गर्ने पक्राउ


काठमाडौं – काठमाडौंको तारकेश्वर-६ पुशलकी ९० वर्षीया एक वृद्धाको हत्या गरेको आरोपमा सोही ठाउँका एक युवक पक्राउ परेका छन् ।

९० वर्षकी डिल्ली पुतारको हत्या गरेर फरार रहेका ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर २० गते नरेन्द्रले डिल्लीको जंगलमा ढुंगाले गर्धनमा प्रहार गरी हत्या गरेर फरार भएका थिए । प्रहरीका अनुसार नरेन्द्रले चिसापानी चप्पल कारखानाबाट राहत सामग्री बोकेर सँगै पुशलतर्फ लागेकी डिल्लीको पारीवनपाखा सामुदायिक वनको खोल्सामा हत्या गरी शव लुकाएर फरार भएका थिए । 

नरेन्द्रले वृद्धासँग भएको ४५/५० हजार रुपैयाँ लुटपाट गर्ने उद्धेश्यले उनको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।