अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सकिँदैन: देव गुरुङ

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सकिँदैन: देव गुरुङ


काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङले बताउनु भयो ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क गर्नुभयो ।

संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन। पार्टीमा पनि कुरा उठेको छैन। पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन। तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ, आईराखेको छ । अब सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन’, उहाँले भन्नुभयो, ‘किनभने अहिलेसम्म दलहरुले नै देशको नेतृत्व गरेको हो। अब पनि मुलुकको अगुवाई दलहरुले गर्नुपर्छ। राजनीतिक पृष्ठभूमि, राजनीतिक विचारधारा, राजनीतिक मूल्य, मान्यता, आर्दशको आधारमा आएका नेताहरुबाट नै मुलुकको अगुवाई गर्नुपर्छ, मुलुकको नेतृत्व गर्न सक्छ।’