अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शसस्त्र प्रहरी जवान माथी सर्लाहीमा गोली प्रहार

शसस्त्र प्रहरी जवान माथी सर्लाहीमा गोली प्रहार


काठमाडौं- सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक जना सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ । गोली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन् ।
साह काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत छन् । घर आएका बेला उनीमाथि गोली प्रहार भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिनुभयो । उहाँले साहलाई थप उपचारका लागि काठमाडौं पठाएको बताउनुभयो ।

साहसहित चार जनासँगै खाजा खाइरहेका थिए । अचानक त्यही समूहका व्यक्ति उनीमाथि गोली चलायो । २ जना फरार भएका छन् भने रामप्रवेश साहलाई नियन्त्रणमा लिएको डिएसपी यादवले जानकारी दिनुभयो( ।

सशस्त्र प्रहरी जवान साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैया दिएको थियो । सो रुपैया लिन उनी आएका थिए । रुपैयाकै विषयमा विवादपछि गोली हानेको हुनसक्ने डिएसपी यादवको भनाई छ ।