अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट


काठमाडौं – नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी सफलताका लागि बधाई र शुभकामना दिनुभयो । उहाँले अबका दिनमा राप्रपा कसरी अघि बढ्छ भन्ने चासो राखेको स्रोतले जनाएको छ।

राप्रपाले हालै सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ शक्ति बनेको छ। राप्रपाले सरकारमा जाने वा नजाने विषयमा स्पष्ट बताएको छैन।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले चिनियाँ कूटनीतिज्ञ र अध्यक्ष लिङदेनबीच शिष्टाचार भेट भएको बताउनु भयो ।