अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बन्ने प्रधानमन्त्री दुई वर्षका लागि मात्रै हो : विश्वप्रकाश शर्मा

अब बन्ने प्रधानमन्त्री दुई वर्षका लागि मात्रै हो : विश्वप्रकाश शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री महामन्त्री एवं झापा निर्वाचन क्षेत्र-१ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकांक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्छन्,अनौठो कुरा होइन । अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनि चाहन्न।’