काठमाडौं – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताउनुभएको छ।
आज नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा रायमाझीले पाँच दल मिल्दा पनि जनताले सरकार बनाउन गठबन्धनलाई बहुमत नदिएको दाबी गर्नुभयो । उहाँले एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको बताउनु भयो ।
अहिलेको अवस्था सरकार गठनका लागि अन्य दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उहाँले बताउनु भयो । गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, बामपन्थी बाहेकको सरकार बनाउने, बामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार वटा सम्भावना रहेको उल्लेख गर्दै सरकार गठनका विषयमा ठूला दलहरु बेलैमा गम्भीर हुनुपर्ने बताउनु भयो । दलहरू गम्भीर नभएको अवस्थामा देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको समेत उहाँले बताउनु भयो ।
उहाँले गठबन्धन सरकारले मुलुकको आर्थिकलगायतका क्षेत्रलाई अस्तव्यस्त पारेकाले अब बन्ने सरकारले मुलुकलाई सही ठाउँमा ल्याउनु पर्ने बताउनु भयो ।






प्रतिक्रिया