अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोग आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्दै

निर्वाचन आयोग आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्दै


काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचित भएका ३३० सांसदलाई प्रमाणपत्र वितरण गर्दैछ । आज आयोगको कार्यालयमा उहाँहरुलाई प्रमाणपत्र वितरण गर्न लागिएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभाका ११० जना सांसद र ७ वटा प्रदेशका २२० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको हो । आयोगले गत मंसिर २८ गते समानुपातिक तर्फका निर्वाचित भएका सांसदहरुको विवरण सार्वजनिक गरेको थियो भने मंसिर २९ गते निर्वाचन सम्पन्न भएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो ।