अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेरबहादुर नै संसदीय दलको नेता र प्रधानमन्त्रीः आरजु राणा

शेरबहादुर नै संसदीय दलको नेता र प्रधानमन्त्रीः आरजु राणा


काठमाडौँ – नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने बताउनु भएको छ ।

निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने बताउनुभयो ।

नेता राणाले अहिलेको अवस्था हेर्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’

प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने उहाँको भनाइ थियो । ‘डेमोक्रेसी र पार्लियामेन्ट्री सिस्टममा नम्बर गेम हुन्छ’ उहाँले भन्नुभयो ।