अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौतर्फी घेराबन्दी बीच एमाले जनताको पहिलो पार्टी बन्यो : शंकर पोखरेल

चौतर्फी घेराबन्दी बीच एमाले जनताको पहिलो पार्टी बन्यो : शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको बताउनु भएको छ ।

आज एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको बताउनु भयो ।

एमाले धेरै जिल्लामा क्लीन स्वीप गर्ने पार्टी बनेको महासचिव पोखरेलले बताउनु भयो । अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गर्नुभयो । चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको पोखरेलको दाबी छ।