अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति

संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति


काठमाडौं – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सहमहामन्त्री भीष्मराज आङदेम्बे संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको जानकारी दिनुभयो ।

‘संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ’, उहाँले भन्नुभयो, ‘सह-महामन्त्री भीस्मराज आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहनु भएको छ।’