अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता


काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालाई भेट्न गौतम आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।

उहाँहरुबीच आज बिहान भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । उहाँहरुबीच सत्ता समीकरण र सम्भावित वामगठबन्धनबारे छलफल भएको जनाइएको छ । एकता राष्ट्रिय अभियानका संयोजक गौतम कम्युनिष्ट शक्तिहरुलाई एक गराउने अभियनमा जुटेका छन् ।