काठमाडौं – नेकपा एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ।
केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्ने बैठक बोलाएको हो ।
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको महासचिव डा. बेदुराम भुसालले बताउनु भयो ।






प्रतिक्रिया