अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एम्बाप्पेको ह्याट्रिक

एम्बाप्पेको ह्याट्रिक


काठमाडौं – फ्रान्सका मुख्य फरवर्ड केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका छन्। 

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

लुसैल स्टेडियममा खेलको ८० औँ मिनेटमा केलिएन एम्बाप्पेले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए त्यसको एक मिनेटपछि नै एम्बाप्पेले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। 

जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन्। यसअघि स्वीटजरल्याण्डविरुद्ध पोर्चुगलका गोन्कासो रामोसले ह्याट्रिक गरेका थिए।