अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।
 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य छन् । 

स्नेहीले बाह्रखरीलाई दिएको जानकारी अनुसार बुधबार निर्वाचनको मिति तय गरिएको हो । उहाँले अहिले सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमात्र बुधबार चुनाव हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सहमतिको प्रयास भइरहेको छ । सहमति हुन नसके बुधबार चुनावद्वार संसदीय दलको नेता चयन गरिनेछ । संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् । 

कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरुले दलको नेतामा भोट हाल्नेछन् ।

यस्तो छ कांग्रेस संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यतालिका