अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मातृभाषामा शपथ लिने सांसदले संसद सचिवालयलाई सूचना दिनुपर्ने

मातृभाषामा शपथ लिने सांसदले संसद सचिवालयलाई सूचना दिनुपर्ने


काठमाडौं – संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारी अगाडि बढाएको छ। संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदैछ ।

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो।

संसद सचिवालयले यही पुस ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नुभएको छ । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ ।