काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेताको उम्मेदवारी शूल्क रु. ५१ हजार तोकेको छ। आगामी ६ गते संसदीय दलको नेता छान्न चुनाव गर्ने कार्यतालिका छ।
निर्वाचन समितिले सोमबार निकालेको निर्वाचन कार्यातालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहने शूल्क ५१ हजार तिर्नुपर्ने जनाएको छ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा, नेता शेखर कोइराला दलको नेता बन्ने दौडमा हुनुहुन्छ ।
४ मंसिरको प्रतिनिधि सभाको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।







प्रतिक्रिया