अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला

संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला


काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आउनुभएकाे छ । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिनुभएकाे छ । 

१४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थाल्नुभएकाे छ । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिनुभएकाे छ ।