काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई शुभकामना तथा बधाई दिएको छ ।
लोसपाले आज पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताले प्रत्यक्ष तथा समानुपातिबाट निर्वाचित सांसदहरुलाई अबिर र गम्छा लगाएर बधाई दिई सम्मान गरेको लोसपाका कार्यालय सचिव रञ्जित झाले बताउनुभयो ।
सम्मान गर्दै लोसपाका अध्यक्ष ठाकुरले जो जहाँबाट विजय हुनुभएको छ, त्यहीबाट आ-आफ्नो क्षेत्रका जनताका लागि काम गर्न आग्रह समेत गर्नुभयो । मधेसको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि तयार रहन नवनिर्वाचित सांसदहरुलाई आग्रह गर्नुभयो ।






प्रतिक्रिया