अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदको भेला आज, संसदमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने 

एमाले सांसदको भेला आज, संसदमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने 


काठमाडौं – नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आज हुँदैछ । एमालेले आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउन भेला आयोजना गरेको हो । 

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार  पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिकाबारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ ।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुने एमालेले जनाएको छ ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कूल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।