काठमाडौं – कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने हुनुभएकाे छ ।
मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा.शेखर कोइराला हुनुहुनेछ ।
लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बस्नुभएकाे थियेा । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताउनुभएकाे थियाे ।
नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।
थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन्।
महामन्त्री थापा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने भएपछि पार्टीभित्र बहुमत प्राप्त देउवाका लागि चुनौती खडा भएको छ।
महामन्त्री थापा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने भएपछि पार्टीभित्र बहुमत प्राप्त देउवाका लागि चुनौती खडा भएको छ।

यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ । थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले बतायो ।






प्रतिक्रिया