काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापा र शेखर कोइराला पक्षको बैठकमा सहभागी हुनुभएको छ ।
हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरुको बैठक बसिरहेको बेला शर्मा केहीबेर अघि प्रवेश गर्नुभएको छ ।
शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए ।
यसअघि आजै बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा भने शर्मा सहभागी थिएनन् ।






प्रतिक्रिया