अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेद्वारा तीन जिल्ला कमिटीलाई विशेष सम्मान

नेकपा एमालेद्वारा तीन जिल्ला कमिटीलाई विशेष सम्मान


काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा क्लिनस्वीप गरेका तीन जिल्लालाई विशेष सम्मान गरेको छ ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा आज आयोजित विशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन जिल्लालाई सम्मान गर्नुभएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र पर्वत, धनकुटा र अर्घाखाँचीमा प्रतिनिधिसमा र प्रदेशसभा दुवैमा एमालेले सत्ता गठबन्धनलाई क्लीनस्वीप गरेको थियो ।

यस्तै प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएकोमा सोलुखुम्बु जिल्ला कमिटीलाई पनि एमालेले सम्मान गरेको छ । चुनावमा उत्कृष्ट परिणाम ल्याएकोमा तीन जिल्ला कमिटीलाई बिशेष सम्मान गरेको हो ।