अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलमा गगनको उम्मेदवारी: प्रस्तावक शेखर, समर्थक धनराज र विश्वप्रकाश

संसदीय दलमा गगनको उम्मेदवारी: प्रस्तावक शेखर, समर्थक धनराज र विश्वप्रकाश


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

महामन्त्री थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन्। 

गगनलाई साथ दिँदै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थकका रुपमा हस्ताक्षर गरेका छन्। 

विश्वप्रकाशको पनि साथ पाइसकेपछि गगनले अहिले सिंहदरबास्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदैछन्। 

गगनको समर्थक बसेका विश्वप्रकाश पनि होटल बसेर पुगेर सम्बोधन गरेका छन्। 

विश्वप्रकाश कांग्रेसको चौधौँ महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उठेका थिए। 

प्रकाशमानले अहिले सभापति देउवालाई साथ दिएका छन् भने विश्वप्रकाश गगनको पक्षमा उभिएका छन्।