अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो: केपी शर्मा ओली

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो: केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताउनु भएको छ ।

नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताउनु भएको हो ।  

अध्यक्ष ओलीले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताउनु भयो । उहाँले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘यी उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइरहेको छैन । यिनका विपरित र इी कुरालाई कमजोर पार्न सरकार बन्ने खेल अहिले चलिरहेको छ ।’  
अध्यक्ष ओलीले त्यसैले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफुले खेल्नुपर्ने भूमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिनुभयो।

उहाँले जनप्रतिनिधिले साँच्चैको भूमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा सचेत समेत गराउनु भयो । उहाँले भन्नुभयो, ‘साचो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भूमिका खेल्नुपर्छ ? यी कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ ।’