अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न सकेन: अध्यक्ष ओली

निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न सकेन: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाउनु भयो ।

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गर्नुभयो।

उहाँले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन । धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्याप्चर भएको छ । प्रमाणहरु छन् । तर दोहो¥याएर निर्वाचन गरिएन । जे भएको छ, त्यही गन्ने भनियो । नेपालजस्तो ठाउँमा ९८ प्रतिशत, ९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, मरेका मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरु भए। देख्नुपर्ने ठाउँबाट ती देखिएन । नदेखैझैं गरियो । यो वास्तवमै दुखद कुरा हो । आगामी दिनमा पनि यदि हामीले यस्ता अलोकतान्त्रिक, अवाञ्छित क्रियाकलापहरुलाई, गैरकानुनी क्रियाकलापहरुलाई रोक्ने सकेनौं र यस्तै कुरा भईरहने हो भने लोकतन्त्र भन्ने कुराको के अर्थ हुन्छ ? लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ ? बुथ कब्जा नै गर्ने हो भने । त्यसकारण यस्ता कुराहरुप्रति हामी सजग हुनु र रोक्नु जरुरी हुन्छ ।’