अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : केपी ओली

 लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : केपी ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वोपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताउनुभएको छ ।

प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र जनतालाई सर्वोपरी ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताउनुभयो ।

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैं देश र जनताको पक्षमा रहने बताउनुहँदै उहाँले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदाएका पार्टीप्रति व्यंग्य गर्नुभयो ।

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भन्नुभयो, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र वलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित् छ ।’