अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत


काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन हुनुभएको छ।

आज बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

एमालेले मंसिर ४ मा निर्वाचित सांसदरुका लागि मंगलबार प्रज्ञा भवनमा विशेष कार्यक्रम राखेको छ। उक्त कार्यक्रममा निर्वाचित सांसदहरुलाई बधाई दिइएको छ। यसका साथै समानुपातिकतर्फ लोकप्रिय पहिलो मत दिएको भन्दै एमालेले मतदातालाई पनि धन्यवाद दिएको छ।

 नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद हुनुहुन्छ ।