काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चु्नावमा पराजित भइसकेकपछि आफू अब मन्त्री नहुने बताउनु भएको छ ।
सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएसँगै उहाँले संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गर्नुभएको हो ।
महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसका अधिकांश सांसद साथीहरु पार्टीलाई पुरानै शैलीमा चलाउने पक्षमा उभिनुभयो। यसलाई म स्वीकार्छु। अब म मलाई मत नदिने साथीहरुको पनि मन जित्ने प्रयास गर्छु। फेरि केही समयपछि निर्वाचन हुन्छ। हामी फेरि प्रतिस्पर्धा गरौँला। त्यो बेलासम्म नयाँ परिणाम आउला त्यसबेलासम्म आफ्नो पक्षमा नतिजा ल्याउँछु् भन्नेछ।’
‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि त्यसको कोसिस गर्छु। सरकारमा अरु साथीहरु जानुहुन्छ। नेपाली कांग्रेसको महामन्त्रीका रुपमा काम गर्छु, सांसदका रुपमा काम गर्छु’, उहाँले भन्नुभयो, ‘संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने हो। अर्को चुनावमा म परिणाम मेरो पक्षमा पार्ने गरी काम गर्छु। सरकारमा जाने र मन्त्रीका रुपमा काम गर्ने कुरा अहिले म गर्दिनँ। यो परिणाम मेरा लागि अनपेक्षित थियो। मैले अझै मिहिनेत गर्नुपर्ने भएको छ।’






प्रतिक्रिया