अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कहिले छानिन्छ माओवादी केन्द्रमा संसदीय दलको नेता ?

कहिले छानिन्छ माओवादी केन्द्रमा संसदीय दलको नेता ?


काठमाडौं – अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्र भने चुपचाप बसेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन ।

प्रतिनिधिसभामा रहेको तेस्रो दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने बताएको छ । प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चित जस्तै देखिएको छ। माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध दलको नेतामा अन्य कुनै नेताको दाबी परेको समेत देखिँदैन।

कहिले छनोट गर्लान त माओवादी केन्द्रमा संसदीय दलको नेता ?