अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना चयन

नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना चयन


काठमाडौं – नेपाल नगरपालिका संघको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनुभएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न संघको महाअधिवेशनले उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटालाई चयन गरेको छ।  

त्यस्तै, महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् भने उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा कांग्रेसबाट खोटाङ हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, सहकोषाध्यक्षमा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा चयन हुनु भएको छ ।

आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चुनिएका छन्।