अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरपालिका संघको उपमहासचिवमा सुनिता डंगोल चयन

नगरपालिका संघको उपमहासचिवमा सुनिता डंगोल चयन


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल नगरपालिका संघको उपमहासचिव चयन हुनु भएको छ।

बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उहाँ उपमहासचिव चयन हुनुभएको हो । यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन हुनु भएको छ । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन हुनुभएको हो। उहाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन हुनु भएको छ । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनु भएको छ ।   

कोषाध्यक्षमा कांग्रेसबाट खोटाङ हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, सहकोषाध्यक्षमा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा चयन हुनु भएको छ ।