अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक जारी, सत्ता समीकरणबारे छलफल हुने 

एमाले सचिवालय बैठक जारी, सत्ता समीकरणबारे छलफल हुने 


काठमाडौं-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।

बैठकमा नयाँ सत्ता समीकरण, नयाँ सरकार र आगामी रणनीतिबारे छलफल हुने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले बताउनुभयो ।

यस्तै बैठकमा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतकका विषयमा पनि छलफल हुने जनाइएको छ । यसअघि पार्टीले अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र लोकप्रिय मत ल्याएर समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।