अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र कांग्रेस मिलेर सरकार बनानुपर्छ : राजेन्द्र लिङ्देन

एमाले र कांग्रेस मिलेर सरकार बनानुपर्छ : राजेन्द्र लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ।

झापा क्षेत्र नम्बर ३ बाट विजयी उहाँले बिहीबार संसद भवनमा सांसद पदको शपथ लिएपछि यस्तो बताउनु भएको हो ।

‘देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले मिलेर आगामी ५ वर्ष सरकार चलाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसो भएमा हामी प्रतिपक्षमा बस्छौँ। दुई ठूला दल मिल्दा देशले विकासको गति पनि लिन सक्छ।’

उहाँले राप्रपा आफैं अहिले सरकारमा जाने विषयमा मौन रहेको बताउनु भयो । अहिले हतार गरेर सरकारमा जाने पक्षमा आफूहरु नरहेको तर्क लिङ्देनले गर्नुभयो ।