अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ : योगेश भट्टराई

गठबन्धनको सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अहिलेको पाँच दलीय गठबन्धनको जस्तै सरकार चलिरहे मुलुको अर्थतन्त्र डामाडोल हुने बताउनु भएको छ ।  

ताप्लेजुङबाट विजयी भट्टराईले बिहीबार सांसद पदको शपथ लिएपछि पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताउनु भएको हो।

‘हामीले नेपाली नागरिक र विश्व समुदायलाई पनि विश्वसत बनाउन जरुरी छ। यस्तै सरकार चलिरहे मुलुकको अर्थतन्त्र डामाडोल हुन्छ’, उहाँले भन्नुभयो, ‘नयाँ सरकारबारे यसै भन्न सकिने अवस्था छैन। गठबन्धन कायम हुन्छ कि हुँदैन भन्ने छ।’

 सचिव भट्टराईले भन्नुभयो, ‘यो संसदमा कुनै पनि पार्टीको बहुमत छैन। यस जनादेशलाई पाँच वर्ष पुर्‍याउनुपर्छ । एमालेको एजेन्डा आर्थिक विकास हो। यो संसदलाई पूरा कार्यकाल पूरा गरेर देशमा स्थायित्व दिन सक्नुपर्छ।’