अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन


काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय  दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।      सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन हुनुभएको छ । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन । यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत हुनुहुन्छ।

माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।