काठमाडौं-पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग व्यक्तिगत विषयमा कुराकानी गरिने भएको छ ।
पोखराको लेक साइडमा हुने कार्यक्रममा अध्यक्ष ओलीको ‘राजनीति बाहिरको जीवन’का बारेमा अन्न्पूर्णपोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले संवाद गर्नुहुनेछ ।
अध्यक्ष ओलीको व्यक्तिगत जीवन, आनिबानी, अध्ययन, समय व्यवस्थापन, बाल्यकाल आदि जस्ता अनौपचारिक तर आम मानिसका चासोका विषयमा संवाद गरिने भण्डारीले बताउनुभयो । अध्यक्ष ओलीलाई प्रत्यक्ष सुन्न र हेर्न ठूलो संख्यामा दर्शकहरुको उपस्थिती हुने आयोजकले अपेक्षा गरेको छ । अध्यक्ष ओलीले हिजो आफ्नो टिव्टरमा आफू पोखरा आउने जानकारी गराउनु भएको थियो ।
विभिन्न विधाका सर्जक, साहित्यकार, साहित्यअनुरागी सबैसँग सुखद् भेटको अपेक्षा गरेको उल्लेख गर्नु भएको छ । लिटरेचर फेस्टिबल बुक वर्म फाण्डेसनले आयोजना गरेको हो ।






प्रतिक्रिया