हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनु भएको हो ।
गएको मंसिर ४ सम्मपन्न निर्वाचनमा उहाँ धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । बिहीबार मात्रै उहाँले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गर्नुभएको थियो ।
प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनु भयो ।







प्रतिक्रिया