काठमाडौं – भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रीका लागि आरटी–पीसीआर अनिवार्य गरिएको बताउनु भएको छ । उहाँले यी देशका जो कोही यात्रुमा कोरोनाको लक्षण पाइए तत्काल क्वारेन्टाइनमा लैजान निर्देशनसमेत दिनुभएको छ ।
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा २०१ कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। सक्रिय संक्रमितको संख्या ३ हजार ३९७ रहेको छ।
चीनमा देखिएको पछिल्लो सबभेरियन्टका बिरामी भारतमा पनि फेला परेपछि भारतीय सरकारले सावधानी बढाएको हो।
प्रतिक्रिया