अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो: अध्यक्ष ओली

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो: अध्यक्ष ओली


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ ।

फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि अध्यक्ष प्रचण्डले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनु भएको हो ।

‘कतिपय जो इच्छा गरिरहेका छन्। अध्यक्ष प्रचण्डजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो,’ पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, ‘निर्णय गर्न ढिलो गर्नु भयो। संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा। छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ। त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’