अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १: संसदीय दलको नेता आइतबार चयन गर्ने एमालेको तयारी

प्रदेश १: संसदीय दलको नेता आइतबार चयन गर्ने एमालेको तयारी


विराटनगर – प्रदेश १ मा नेकपा एमालेले पुस १० गते संसदीय दलको नेता चयन गर्ने भएको छ। एमालेले दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ।

प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिनुभयो । उहाँले बैठकबाट नै दलको नेता सर्वसम्मत चयन हुने बताउनु भयो । प्रदेश १ को सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एएमालेसँग प्रदेशसभामा ४० जना सांसद छन्।

प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरूलाई शपथग्रहणका लागि ११ गते आह्वान गरिएको छ।