विराटनगर -नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्की हुने निश्चित भएको छ ।
आज हुने संसदीय दलको बैठकले कार्कीलाई सर्वसम्मत रुपमा नेता चयन गर्ने प्रदेश नं १ एमालेका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीमा सिनियर र विगतमा पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिसकेका कार्कीको विकल्प अहिले नखोज्ने सहमती भएको छ । चुनाव कै बेला भावी मूख्यमन्त्रीको रुपमा प्रचार गरिएका कार्की प्रदेश १ मा सरकार गठबन्धनका लागि राप्रपार र जनता समाजवादी पार्टीसँग समिकरण गर्न सक्रिय हुनुहुन्छ ।
प्रदेश १ मा एमालेले प्रत्यक्ष तर्फ २५ समानुपातिकमा १५ गरी ४० सिट जितेको छ । राप्रपाले प्रत्यक्ष २ र समानुपातिकमा ४ सिट जितेको छ । जसपाको समानुपातिकमा १ सिट छ । यदी एमाले राप्रपा र जसपा गठबन्धन भएमा ४७ सदस्य सहित एमाले नेतृत्वको गठबन्धन बहुमतमा हुन्छ । यस्तो अवस्थामा कार्कीको मूख्यमन्त्री बन्ने बाटो खुल्नेछ । जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेलाई समर्थन गर्ने बचन दिएको एमालेका नेताहरुले बताएका छन् ।






प्रतिक्रिया