काठमाडौं-प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ।
सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ। त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ। यसअघि शनिबारको बैठकमा सरकारको नेतृत्व २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष एकीकृत समाजवादीले गर्ने अनौपचारिक सहमति भएको थियो ।






प्रतिक्रिया