काठमाडौं -बालकोटबाट बाहिरिएको करिब पाँचवर्ष पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केपी शर्मा ओलीको निवास बालकोट जाँदैहुनुहुन्छ ।
२०७४ मा वाम गठबन्धनले चुनाव जितेपछि सरकार गठबन्धनको गृहकार्यका लागि प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न दैनिक बालकोट पुग्ने गर्नुहुन्थ्यो । माघको अन्तिम साता बालकोट पुगेका प्रचण्ड त्यसपछि त्यतातर्फ फर्किएका थिएनन् ।
फागुन ३ गते माओवादीको समर्थनमा अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएपछिका बाँकी भेटघाटहरु बालुवाटारमा नै भएका थिए । ‘प्रचण्ड आउने भनेर फोन आएको छ । केहीबेरमा आइपुग्नु हुन्छ होला’ ओलीको सचिवालयले भन्यो ‘लामो समयपछि आउन लागेका पाहुनाको स्वागतको तयारीमा छौं ।’
गठबन्धनसँग कुरा नमिलेपछि प्रचण्डको सचिवालयले बालकोटमा भेट्ने समय मागेका छ । साढे १ बजेको समय लिएका प्रचण्ड हालसम्म बालकोट पुगिसक्नु भएको छैन । बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल हुनुहुन्छ ।






प्रतिक्रिया