अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब गठबन्धन अघि बढ्दैन : झलनाथ खनाल

अब गठबन्धन अघि बढ्दैन : झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सत्तारुढ पाँच दलीय गठबन्धन अघि बढ्न नसक्ने बताउनु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि कुराकानी गर्दै नेता खनालले सो कुरा बताउनु भएको हो ।

‘बालुवाटार बैठकमा कुरा मिलेन,’ नेता खनालले भन्नुभयो, ‘अब दुई तिन घन्टामा देउवाको मन फर्किएन भने गठबन्धन टुटेजस्तो छ ।’ 

सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बालकोट पुग्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न प्रचण्ड बालकोट पुग्नुभएको हो।