काठमाडौँ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताउनु भएको छ ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उहाँले पत्रकारहरूसँग गठबन्धन टुटेको बताउनु भएको हो। गठबन्धन जोगाउन खोजेको तर नसकेको बताउनु भयो ।
नेता पौडेलले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन ।’
‘सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो’, पौडेलले भन्नुभयो ।






प्रतिक्रिया