काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा रवि लामिछानेलाई पनि साथ राखेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ।
अहिले बालकोटमा रास्वपा सभापति रवि लामिछानेलाई पनि साथमा राखेर वार्ता भइरहेको छ।
वार्तामा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ ।
उता माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी हुनुहुन्छ । रास्वपाबाट सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहभागी हुनुहुन्छ।
नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो ।






प्रतिक्रिया