काठमाडौं -नयाँ सत्ता गठबन्धनका लागि बालकोटमा जारी बैठकबाट जनता समाजवादी पार्टीका नेता अशोक राई बाहिरिनु भएको छ भने जनमत पार्टीका अध्यक्ष सिके राउत भित्रिनु भएको छ । राई पार्टीमा आन्तरिक सल्लाह गर्ने भन्दै बाहिरिए लगत्तै जनमत पार्टी अध्यक्ष राउत प्रवेश गर्नुभएको हो । राउतलाई बैठक स्थलबाटै फोन गरेर बोलाइएको हो ।






प्रतिक्रिया